विद्यार्थीलाई निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउन माग



२१ वैशाख २०७७, काठमाडौं

नेपाल विद्यार्थी संघले विद्यार्थीलाई निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउन माग गरेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका प्रबन्ध निर्देशकलाई भेटेर आज (आइतबार) नेविसंघले विद्यार्थीलाई निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउन माग गरेको हो ।

नेविसंघ अध्यक्ष राजीव ढुंगानाले कोरोनाभाइरस महामारीका कारण शैक्षिक संस्थामा पठनपाठन बन्द भएको बेला अनलाइन माध्यमबाट पठनपाठन गर्नुपर्ने अवस्था रहेकोले इन्टरनेट सेवा निःशुल्क गर्नुपर्ने बताएका छन् ।

नियमित अध्ययनरत विद्यार्थीको विवरण सम्बन्धित शैक्षिक संस्थाबाट लिने र सम्पूर्ण विद्यार्थीको आइडी बनाइ इन्टरनेट सुविधा तत्काल उपलब्ध गराउन अध्यक्ष ढुंगानाले आग्रह गरेका छन् ।

निःशुल्क इन्टरनेट सुविधा दिनुपर्ने मागपत्र महामन्त्रीहरु दीपक भट्टराई, युवराज पाण्डेय, बलदेव तिमल्सेना, उर्मीला थपलीया लगायतले आइतबार दूरसञ्चार पुगेर बुझाएका छन् ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्