कोरोनामुक्त युवक फेरि अस्वस्थ : उपचारका लागि अस्पताल पुर्‍याइयो



२१ वैशाख २०७७, काठमाडौं

नारायणी अस्पतालबाट कोभिड १९ (कोरोना भाइरस) संक्रमणबाट मुक्ति पाएका रौतहटका एक युवक पुनः अस्वस्थ भएका छन् ।

अस्वस्थ भएपछि उनलाई उपचारका लागि वीरगञ्ज पुर्याइएको छ । रौतहटको ईशनाथ नगरपालिकाका १९ वर्षीय युवकको रिपोर्ट शंकास्पद देखिएपछि उनलाई पुनः वीरगञ्जस्थित नारायणी अस्पतालमै पुर्याइएको हो ।

नारायणी अस्पतालबाट वीरगञ्जका तीन जना र रौतहटका ती युवक कोरोनामुक्त भएको भन्दै एक साता अघि डिस्चार्ज भएका थिए । १९ वर्षीय ती युवकमा वैशाख १ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्