थप दुई जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५९ पुग्यो : स्वास्थ्य मन्त्रालय



१९ वैशाख २०७७, काठमाडौं

नेपालमा थप दुई जनामा कोभिड १९ (कोरोना भाइरस) संक्रमण पुष्टि भएको छ ।

सो कुराको जानकारी शुक्रबार (आज) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै दिएको हो ।

विज्ञप्तिमा भनिएअनुसार थप हुने दुई संक्रमितहरु बाँके र रूपन्देहीका हुन् ।

उनीहरु दुवै पुरुष हुन् ।

योसँग नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्