
१९ वैशाख २०७७, काठमाडौं
सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढीकी कोरोना संक्रमित महिलाको छैठौं रिपोर्ट पनि ‘पोजेटिभ’ आएको छ ।
३४ वर्षीया महिलाको ६ पटकसम्म गरिएको थ्रोट स्वाब परीक्षणमा कोरोना रिपोर्ट पोजेटिभ देखिएको अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले बताए ।
संक्रमित महिला २८ दिनदेखि सेती प्रादेशिक अस्पतालको आइसोलेसन कक्षमा उपचाररत छिन् । उनलाई २२ चैत्रमा कोरोना संक्रमणको पुष्टि भएको थियो ।
दुबईबाट आएका आफन्तबाट उनीमा कोरोना सरेको हो । उनका आफन्त भने निको भएर घर फर्किसकेका छन् । महिलामा कोरोना सरेपछि सरकारले नेपालमा कोरोना दोस्रो चरणमा प्रबेश गरेको घोषणा गरेको थियो ।
संक्रमित महिलाको ६ पटकसम्म रिर्पाेट पोजेटिभ आए पनि स्वास्थ्य सामान्य रहेको उपचारमा खटिएका बरिष्ठ फिजिसियन डा.डाक्टर शेरबहादुर कमरले बताए ।
सुदूरपश्चिम प्रदेशमा ५ जना कोरोना संक्रमित फेला परेका थिए । जस्मध्ये मध्ये ४ जना निको भएर घर फर्किसकेका छन् ।
|फाइल तस्वीर|





