हावा प्रदूषण : नेपाल बल्ल बसोबासयोग्य !



१९ वैशाख २०७७, काठमाडौं

नेपालभरको हावाको प्रदूषण बसोबास योग्य अवस्थामा पुगेको छ ।

नेपाल सरकारको वातावारण विभाग र विभिन्न संस्थाहरुले राखेका २२ वटा सबै प्रदूषण मापन केन्द्रहरुले ग्रीन सिग्नल अर्थात् मानिसको बसोबासका लागि योग्य देखाएको वातवारण विभागका उपमहानिर्देशक एवम् प्रवक्ता इन्दुविक्रम जोशीले बताए ।

नेपालमा सन् २०१६ पछि हावाको प्रदूषण नाप्न थालिएको र त्यसयता पहिलो पटक नेपालभर नै ग्रीन सिग्नल देखिएको पनि प्रवक्ता जोशीको भनाइ छ । “हावामा प्रदूषण बढ्नुमा सबैभन्दा बढी भूमिका गाडीहरुको धुवाँको हुन्छ ।” जोशीले भने, ‘त्यस्तै इँटाभट्टालगायतका उद्योगहरुको कारण पनि प्रदूषण हुन्छ । अहिले यी सबै कम चलेका कारण प्रदूषण कम भयो ।’

विश्व स्वास्थ्य संगठनले हावाको प्रदूषण मापन सूचाकांक अक्वाको अन्तर्राष्ट्रिय मापदण्ड २५ तोकेको छ । यस्तै नेपालले ४० मा सीमित राख्ने लक्ष्य लिएको छ ।

प्रदूषण मापन केन्द्रहरुले अक्वा ५० सम्म हरियो अर्थात् बसोबासका लागि उत्तम, एक सयसम्म पहेँलो अर्थात् बसोबासका लागि योग्य, अक्वा एक सय ५० सम्म बैजनी अर्थात् समस्यापूर्ण र एक सय ५० भन्दा माथि गएमा रातो अर्थात् बसोबासका लागि अयोग्यको सङ्केत देखाउने गरेको पनि प्रवक्ता जोशीले बताए ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्