विषाक्त मदिरा सेवनबाट महोत्तरीमा ५ जनाको मृत्यु



१८ वैशाख २०७७, काठमाडौं

महोत्तरीमा विषाक्त मदिरा सेवनबाट पाँच जनाको मृत्यु भएको छ ।

महोत्तरीको भँगाहा नगरपालिका–७ मा एकै वडाका पाँच जनाको मृत्यु भएको हो । भँगाहास्थित नयाँटोल मझौलियामा बुधबार ५५ वर्षीय लालबाबु सिंह र ४२ वर्षीय नथुनी महरा, मेघरौलका ४५ वर्षीय मोहन चौधरी र रौतहट घर भई भँगाहामा काठमिस्त्रीको काम गर्दै आएका ४० वर्षीय महेन्द्र चौधरी र सिकिन्दर सिंहको मदिरा सेवनबाट बैशाख ११ गते मृत्यु भएको वडा अध्यक्ष बासुदेव सिंहले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले पनि गत यही बैशाख ११ गते दुई जना र वैशाख १७ गते तीन जना गरी पाँच जनाको मृत्यु भएको पुष्टि गरे ।

यसअघि गत महिना धनुषा र महोत्तरीमा अवैध मदिरा सेवनबाट दर्जन बढीको मृत्यु भएको थियो ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्