आजै ४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५८ पुग्यो



१७ वैशाख २०७७, काठमाडौं

वीरगञ्ज महानगरपालिकामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

महानगरका सफाइ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ । आइतबार वीरगञ्ज ३ का सफाइ नाइकेमा कोरोना संक्रमणको पुष्टि भएको थियो ।

उनको सम्पर्कमा आएकाहरुको परीक्षणका क्रममा थप एक जनामा संक्रमण भेटिएको हो । योसँगै आज (बुधबार) मात्र ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसअघि आजै वीरगञ्जका एक र बाराका दुई जनामा कोरोना संक्रमण भेटिएको थियो । हालसम्म कूल नेपालमा कोरोना संक्रमितको संख्या ५८ पुगेको छ । जसमध्ये १६ जनाले स्वास्थ्य लाभ लिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्