
१७ वैशाख २०७७, काठमाडौं
थप तीन जनामा कोभिड १९ (कोरोना भाइरस) संक्रमण पुष्टि भएको छ ।
बुधबार (आज) एकैदिन तीन जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५७ पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा बाराका दुई र पर्साका एक जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
संक्रमितहरू जीतपुर सिमरा नगरपालिकाका ४३ वर्षीय, सिम्रौनगढका ३१ वर्षीय र वीरगञ्ज २ छपकैयाका ४६ वर्षीय पुरुषहरू हुन् ।
तीनै जना दिल्लीमा तबलिगी जमातको धार्मिक सभामा सहभागी भएर फर्किएका थिए ।

|फाइल तस्वीर|





