थप दुई जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५४ पुग्यो



१६ वैशाख २०७७, काठमाडौं

रौतहटमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले रौतहटका थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । यसबारे आधिकारिक जानकारी साँझको नियमित कोरोना ब्रिफिङ्गमार्फत् दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जनकपुरमा कोरोनाको पीसीआर परीक्षणमा नेगेटिभ देखिएका दुई जनामा काठमाडौंमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको प्रदेश नं. २ का सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले बताए ।

रौतहटको वृन्दावन नगरपालिका ९ को भुसहा र देवाही गोनाही नगरपालिका १ मा गरी दुई जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ । जसमा १६ जनाले पूर्ण रुपमा स्वास्थ्य लाभ लिइसकेको छन् ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्