‘लकडाउन्’ खोल्न माग गर्ने समूहको नेता नै कोरोना संक्रमित



१६ वैशाख २०७७, काठमाडौं

कोभिड १९ (कोरोना भाइरस)को महामारी फैलिन नदिने प्रयासस्वरुप लागू गरिएको बन्दाबन्दी (लकडाउन्) खोल्नुपर्ने माग गर्दै फेसबूक ग्रूप शुरु गरेकी अमेरिकाको नर्थ क्यारोलाइना एक महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

कोरोनाको संक्रमण भए पनि उनले घरमै बस्नु पर्ने नियमको विरोध गरिरहेकी छन् । उनले घरमै बस्नु पर्ने भनी गभर्नर रोय कूपरले लागू गरेको नियमले धार्मिक स्वतन्त्रताको अधिकार उल्लंघन गरेको दावी गरिरहेका छन् ।

रिओपन एनसी फेसबूक ग्रूपका नेता मध्ये एक हुन्, ओड्री व्हीट्लक । रिओपन एनसी फेसबूक ग्रूपमा अझै ७० हजार सदस्य छन् । जसले साप्ताहिक रुपमा राज्यको ‘लकडाउन्’ खुला गर्नुपर्ने माग गरी प्रदर्शन पनि गर्दै आइरहेको छ ।

उनले गत आइतबार फेसबूक ग्रूपमा आफूलाई कोरोना भाइरसको संक्रमण भए पनि कुनै लक्षण नदेखिएको उल्लेख गरेकी थिइन् । पछि उनले सो पोस्ट् हटाएकी अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

आफूबाट अरुमा संक्रमण फैलिन सक्ने भए पनि उनले ‘लकडाउन्’ले स्वतन्त्रताको अधिकारको उल्लंघन गरेको भन्दै विरोध गरिरहेकी छन् । एजेन्सीको सहयोगमा-

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्