कोरोना संक्रमित पहिलो स्थानीयको पाँचौं रिपोर्ट पनि ‘पोजेटिभ’



१६ वैशाख २०७७, काठमाडौं

कैलालीकी ३४ बर्षकी कोभिड १९ (कोरोना भाइरस)संक्रमित महिलाको पाँचौं रिपोर्ट पनि पोजेटिभ देखिएको छ ।

२५ दिनदेखि सेती प्रादेशिक अस्पतालमा उपचाररत महिलाको सोमबार (हिजो) पाँचौं रिपोर्टमा पनि पोजेटिभ देखिएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए ।

उनीबाटै नेपालमा पहिलो पटक स्थानीयमा संक्रमण पुष्टि भएको थियो । उनलाई यूएईबाट आएका परिवारकै सदस्यबाट कोरोना संक्रमण भएको थियो । ती युवक निको भएर घर फर्किसकेका छन् ।

सेती प्रादेशिक अस्पतालमा एकैचोटी पाँच जना कोरोना संक्रमित उपचाररत थिए । चार जना निको भएर घर फर्किसकेका छन् भने ती ३४ वर्षकी महिला मात्र हाल अस्पतालको आइसोलेसन वार्डमा उपचाररत छिन् ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्