
१५ वैशाख २०७७, काठमाडौं
लकडाउनलाई थप कडाइ गर्न गृहमन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ ।
सोमबार (आज) मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र वा पासबिनाका सवारीसाधनलाई आवतजावतमा रोक लगाउन निर्देशन दिएको हो ।
गृह मन्त्रालय स्रोतका अनुसार मजदूर तथा डेरामा बसिरहेकाहरूका लागि उद्दार गर्न अनौपचारिकरूपमा साँझ लकडाउन खुकुलो बनाइएको थियो ।
फेरि सोमबारदेखि सवारीसाधनमा रोक लगाएको गृह मन्त्रालय स्रोतले बतायो ।
|फाइल तस्वीर|





