
६१५ वैशाख २०७७, काठमाडौं
बाँकेस्थित हवल्दारपुर राम माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेका ६७ जना भारतीय नागरिकको कोरोना र्यापिड डाइग्नोस्टिक टेस्ट् (आरडीटी) रिपोर्ट नेगेटिभ आएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार आइतबारसम्म बाँकेमा नेपालीसहित ६ सय ६३ जनाको स्वाब परीक्षण गरिएकामा ६ सय ५९ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ ।
आरडीटीबाट पाँच सय ३९ र पीसीआरबाट एक सय २४ जनाको जाँच गरिएकामा चार जनाको रिपोर्ट आउन बाँकी रहेको कार्यालयका सम्पर्क व्यक्ति नरेश श्रेष्ठले बताए ।
जिल्लाका क्वारेन्टाइनमा एक सय ४० जना भारतीय नागरिक छन् ।
|फाइल तस्वीर|





