थप एक जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५२ : स्वास्थ्य मन्त्रालय



१४ वैशाख २०७७, काठमाडौं

झापामा थप एक जना कोरोना संक्रमित फेला परेका छन् ।

आइतबार (आज) कोशी अञ्चल अस्पताल विराटनगरमा गरिएको परीक्षणमा ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीले बताए ।

संक्रमित झापाको राजगढ निवासी जमाती हुन् । उनी अस्पतालको सम्पर्कमा रहेको र स्वास्थ्य सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्