
१४ वैशाख २०७७, काठमाडौं
झापामा थप एक जना कोरोना संक्रमित फेला परेका छन् ।
आइतबार (आज) कोशी अञ्चल अस्पताल विराटनगरमा गरिएको परीक्षणमा ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीले बताए ।
संक्रमित झापाको राजगढ निवासी जमाती हुन् । उनी अस्पतालको सम्पर्कमा रहेको र स्वास्थ्य सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ ।
|फाइल तस्वीर|





