
१४ वैशाख २०७७, काठमाडौं
र्यापिड डाइनेष्टिक टेस्ट् (आरडीटी)परीक्षणमा तीन पटक एन्टीबडी पोजिटिभ देखिएकी युवतीको पीसीआर परीक्षणमा भने कोरोना नेगेटिभ देखिएको छ ।
२३ वर्षीया युवतीको आइतबार (आज) बिहान वीरजञ्जमा मृत्यु भएको थियो । पटकपटकको आरडीटीमा पोजिटिभ देखिएपछि उनको कोरोनाकै कारण मृत्यु भएको आशंका गरिएको थियो ।
⇒ तीन पटक आरडीटी ‘पोजेटिभ’ देखिएकी युवतीको आइसोलेसनमा राख्न नपाउँदै मृत्यु !
तराई रिसर्च अस्पताल र नारायणी अस्पतालमा उनको आरडीटी परीक्षण गरिएको थियो । नारायणी अस्पतालका चिकित्सक निरज सिंहका अनुसार हेटौंडामा गरिएको पीसीआर परीक्षणमा कोरोना नेगेटिभ देखिएको हो ।
|फाइल तस्वीर|





