थप ४ जना कोरोना संक्रमित निको भएर घर फर्किए



१४ वैशाख २०७७, काठमाडौं

कोभिड १९ (कोरोना भाइरस)का थप ४ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

योसँगै नेपालमा स्वास्थ्य लाभ लिने कोरोना संक्रमितको संख्या १६ पुगेको छ । आइतबार वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार गराइरहेका चार जना संक्रमित निको भएर घर फर्किएका हुन् ।

डिस्चार्ज हुनेहरुमा छपकैयाको मक्की जामे मस्जिदमा बसेका तीन भारतीय र रौतहटका १९ वर्षीय एक युवक रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म ५१ जना कोरोना संक्रमित बनेको छन् ।

|तस्वीरमा डिस्चार्ज भएका संक्रमित। श्रोतः|

प्रतिक्रिया दिनुहोस्