
१४ वैशाख २०७७, काठमाडौं
नेपालका कोरोना संक्रमितको संख्या ५१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आइतबार (आज) राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा गरिएको पीसीआर रिपोर्टमा पर्सा वीरगञ्जका ५० वर्षीय दुई पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले प्रेस विज्ञप्ति निकाल्दै जनाएको छ ।
अहिले उनीहरु अस्पतालमा रहेको र दुवैजनाको स्वास्थ्य सामान्य रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
हालसम्म १२ जनाले स्वास्थ्य लाभ लिएर घर फर्किसकेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ ।

|फाइल तस्वीर|





