
१४ वैशाख २०७७, काठमाडौं
जारी बन्दाबन्दी (लकडाउन्) लम्ब्याउने वा खुकुलो बनाउने भन्नेबारे निर्णय गर्न आइतबार (आज) दुई बजे मन्त्रिपरिषद्को बैठक बस्दै छ ।
शुक्रबार (हिजो)को मन्त्रिपरिषद् बैठकमा नै ‘लकडाउन्’ बारे छलफल भएको थियो । सरकारले जारी गरेको ‘लकडाउन्’को अवधि १५ वैशाख (भोलि) सकिँदै छ ।
कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शनिबारको बैठकमा ‘लकडाउन्’को अवधि बढाउनेबारे छलफल भएको थियो । समिति अन्तर्गत गरेको मुख्यसचिव नेतृत्वको कार्यदलले पनि एक हप्ता ‘लकडाउन्’ थप्न सिफारिस गरिसकेकोछ ।
कोभिड १९ को सम्भावित जोखिमलाई मध्यनजर गर्दे संघीय सरकारले गत वर्षको ११ चैत्रदेखि देशव्यापी लकडाउन् को घोषणा गरेको थियो ।
|तस्वीरमा मन्त्रिपरिषद् बैठक। श्रोतः|





