क्वारेन्टाइनमा बसेकाहरुमा औलो देखियो : स्वास्थ्य मन्त्रालय



१३ वैशाख २०७७, काठमाडौं

क्वारेन्टाइनमा रहेका केहीमा औलो संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाअनुसार क्वारेन्टाइनमा रहेकाहरुको परीक्षण गर्दा केहीमा रिपोर्ट पोजेटिभ देखिएको हो । यद्यपि उनले कहाँको क्वारेन्टाइनमा रहेका कति जनामा औलो संक्रमण देखियो भन्ने खुलाएका छैनन् ।

यसैगरी प्रवक्ता देवकोटाले क्वारेन्टाइनहरुको गुणस्तर वृद्धि गर्नुपर्ने देखिएको पनि बताएका छन् । औलो लामखुट्टाको टोकाइबाट हुन्छ ।
विश्वमा औलोका कारण प्रत्येक दुई मिनेटमा एक जना बच्चाको ज्यान जाने तथ्यांक छ ।

|तस्वीरमा मन्त्रालयका प्रवक्ता देवकोटा। सौजन्यः नेपाल टेलिभिजन|

प्रतिक्रिया दिनुहोस्