१२ जनाले लिए स्वास्थ्य लाभ, ३७ जना उपचाररत : स्वास्थ्य मन्त्रालय



१३ वैशाख २०७७, काठमाडौं

नेपालमा हालसम्म १२ जना कोभिड १९ (कोरोना भाइरस) संक्रमितले स्वास्थ्य लाभ लिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शनिबार (आज) नियमित कोरोना ब्रिफिङ्गमार्फत् मन्त्रालयका प्रवक्ता विकास देवकोटाले १२ जनाले स्वास्थ्य लाभ दिएको बताउँदै ३७ जना देशका विभिन्न अस्पतालहरुमा उपचाररत रहेको जानकारी दिए ।

उपचाररत सबैको स्वास्थ्य अवस्था सामान्य रहेको पनि उनले जानकारी दिए । मन्त्रालयका अनुसार नेपालमा हालसम्म ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसमा १२ जनाले स्वास्थ्य लाभ लिएका हुन् ।

|तस्वीरमा मन्त्रालयका प्रवक्ता देवकोटा। सौजन्यः नेपाल टेलिभिजन|

प्रतिक्रिया दिनुहोस्