उदयपुरमा १०५ जनाको रिपोर्ट ‘नेगेटिभ’



१३ वैशाख २०७७, काठमाडौं

उदयपुरमा २० स्वास्थ्यकर्मीसहित १०५ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

चौदण्डीगढी नगरपालिका ५ सिबाईका ५८, त्रियुगा नगरपालिका १ मोथियाईका २७ र २० स्वास्थ्यकर्मीको रिपोर्ट नेगेटिभ आएको हो । प्रदेश जनस्वास्थ्यको टोलीले बिहीबार सिबाई र मोथियाईवासीको स्वाब संकलन गरेको थियो ।

शुक्रबार उनीहरुको स्वाब विराटनगरस्थित कोशी अस्पतालमा पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

उदयपुरको नुरी मस्जिद र भुल्केमा ठूलो संख्यामा कोरोना संक्रमित फेला परेपछि जिल्लामा नाकाबन्दी गरिएको छ । संक्रमितहरुमध्ये अधिकांश भारतीय नागरिक छन् ।

|तस्वीरमा भुल्के -फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्