चितवनका संक्रमित कोरोना मुक्त, आमाको रिपोर्ट ‘पोजेटिभ’



१३ वैशाख २०७७, काठमाडौं

कोभिड १९ (कोरोना भाइरस)को संक्रमण देखिएपछि भरतपुर अस्पतालको आइसोलेसन कक्षमा रहेका दुई जनामध्ये २७ वर्षका एक युवक कोरोना भाइरसमुक्त भएका छन् ।

दुईपटक गरिएको पीसीआर परीक्षणमा कोरोना नेगेटिभ देखिएपछि उनी भाइरसमुक्त भएका हुन् । उनीसँगै रहेकी उनकी आमाको दोस्रो पीसीआर परीक्षण भने पोजेटिभ नै देखिएको छ ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीका अनुसार लगातार दुईपटक गरिएको परीक्षणमा छोराको नेगेटिभ देखिएको हो । उनलाई शनिबार दिउँसो औपचारिक रूपमा डिस्चार्ज र बिदाइ गरिने कार्यक्रम छ ।

आमा अस्पतालमा नै रहनुपर्ने भएकाले उनी आमालाई कुर्ने गरी अस्पतालकै छुट्टै क्वारेन्टाइनमा बस्ने वा घरको क्वारेन्टाइनमा बस्ने टुङ्गो नलागेको तिवारीले जानकारी दिए ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्