उदयपुरमा कोरोना कसरी फैलियो : अनुसन्धानका लागि विश्व स्वास्थ्य संगठनसहितको टोली भुल्के पुग्यो



१२ वैशाख २०७७, काठमाडौं

उदयपुरको भुल्केमा १२ स्थानीयसहित २८ जनामा कोरोना संक्रमण देखिएपछि संक्रमण कसरी फैलियो भनेर पत्ता लगाउन विश्व स्वास्थ्य संगठनसहितको टोली अनुसन्धानको लागि भुल्के पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीका अनुसार बिहीबार त्यहाँ पुगेको टोलीले एक हप्ताभित्र रिपोर्ट पेश गर्ने हिसाबले काम शुरु भएको छ ।

टोलीमा एक जना विश्व स्वास्थ्य संगठनका प्रतिनिधिसहित चार जना जनस्वास्थ्य विज्ञ छन् । अहिले उक्त टोली संक्रमण फैलिएको भुल्केमै पुगेर अनुसन्धान गरिरहेको छ ।

गत शुक्रबार भुल्केस्थित एक मस्जिदमा रहेको १६ जनामध्ये १२ जनामा कोरोना पुष्टि भएको थियो ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्