काठमाडौंको मस्जिदमा रहेकाहरुको धमाधम कोरोना परीक्षण



१२ वैशाख २०७७, काठमाडौं

काठमाडौंको मस्जिदमा रहेकाहरुको कोरोना भाइरस (कोभिड–१९) रीक्षण शुरु गरिएको छ ।

उदयपुरको मस्जिदमा रहेका मानिसमा कोरोनाको सङ्क्रमण देखिएपछि काठमाडौंस्थित मस्जिदमा रहेकाहरुको पनि परीक्षण शुरु गरिएको हो ।

स्वास्थ्य विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठका अनुसार बिहीबारदेखि यहाँका मस्जिदमा रहेका मानिसको परीक्षण पोलिमरेज चेन रियाक्सन (पीसीआर) सुरु गरिएको हो ।

बिहीबार ७६ जनामा परीक्षण गरिएको र बाँकीको आज पनि भइरहेको छ उनले बताए । उदयपुरको त्रियुगा नगरपालिकाको भुल्केस्थित मस्जिदमा २७ जनामा कोरोना संक्रमण देखिएको थियो ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्