सिंगापुरबाट पीसीआर टेस्ट् किट नेपाल आइपुग्यो



१२ वैशाख २०७७, काठमाडौं

सिंगापुरबाट कोरोना जाँच गर्ने पीसीआर टेस्ट् कीट नेपाल आइपुगेको छ ।

श्री एयरलाइन्सको जहाजमार्फत् ती सामग्री नेपाल ल्याइएको हो । सिंगापुरको टेमासेक फाउण्डेसनले दिएको १० हजार थान पीसीआर टेस्ट् कीट व्यवसायीहरुको पहलमा नेपाल आएको हो ।

फाउन्डेसनले कोरोना भाइरस नियन्त्रणका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री दिने निर्णय गरेको थियो । तर सरकारले पहल नगरेपछि व्यवसायीहरुले नै उक्त सामग्री नेपाल भित्र्याएका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघका निर्वतमान अध्यक्ष पशुपति मुरारका, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा र केन्द्रीय सदस्य रन्जित आचार्यको पहलमा ती स्वास्थ्य सामग्री काठमाडौं आइपुगेको हो ।

|तस्वीरमा सिंगापुरबाट आइपुगेको किट। श्रोतः|

प्रतिक्रिया दिनुहोस्