अमेरिकी कम्पनीद्वारा निर्मित कोरोना भाइरसको औषधि परीक्षण असफल



१२ वैशाख २०७७, काठमाडौं

कोभिड १९ (कोरोना भाइरस) विरुद्ध अमेरिकी कम्पनी गिलिड साइन्सले बनाएको औषधिको  पहिलो परीक्षण असफल भएको छ ।

विश्व स्वास्थ्य संगठनको प्रतिवेदनअनुसार चिनियाँ परीक्षणको क्रममा रेमडेसिवीर औषधिले बिरामीको अवस्थामा सुधार ल्याउन नसकेको र शरीरमा भाइरसको मात्रा घटाउन नसकेको देखाएको हो ।

भूलवश प्रकाशित भएको र पछि हटाइएको उक्त प्रतिवेदनअनुसार शोधकर्ताहरुले २ सय ३७ बिरामीमा रेमडेसिवीर औषधिको परीक्षण गरेका थिए ।

जसमध्ये १ सय ५८ जनालाई यो औषधि दिइएको थियो । औषधि नदिइएका बिरामीसँग औषधि दिएका बिरामीको अवस्थाको तुलना गरिएको थियो । अध्ययनको क्रममा केही बिरामीलाई औषधिको अत्यधिक साइड इफेक्ट पनि देखिएको थियो ।

अध्ययन शुरु गरेको एक महिनामा १३.९ प्रतिशत औषधि दिइएका बिरामीको मृत्यु भएको थियो भने औषधि नदिइएका १२.८ प्रतिशत मानिसको मृत्यु भएको थियो ।

साइड इफेक्ट देखिन थालेपछि यो औषधिको परीक्षण बीचमै स्थगित गरिएको थियो । एजेन्सीको सहयोगमा–

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्