थ्रोट स्वाबको नमूना संकलन गर्न २४ सदस्यीय स्वास्थ्यकर्मीको टोली प्रदेश नं. २ का लागि खटियो



१२ वैशाख २०७७, काठमाडौं

कोभिड १९ (कोरोना भाइरस)को संक्रमण देखिएको प्रदेश नं. २ मा स्वास्थ्य सेवा विभागले स्वास्थ्यकर्मीको टोली खटाएको छ ।

उक्त प्रदेशका ८ वटा जिल्लामा शंकास्पद व्यक्तिहरूको थ्रोट स्वाबको नमूना संकलन गर्न बिहानै स्वास्थ्यकर्मीको टोली त्यसतर्फ गएको हो ।

स्थ्य सेवा विभागका महानिर्देशक डा. महेन्द्रप्रसाद श्रेष्ठले स्वास्थ्य सेवा विभाग, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका स्वास्थ्यकर्मीको टोली खटिएको बताए ।

“त्यहाँ आरडीटीबाट पनि परीक्षणको काम भइनै रहेको छ । उनले भने, ‘अति शंकास्पद व्यक्तिको थ्रोट स्वाबको नमूना संकलन र काठमाडौं ल्याएर परीक्षण गर्न टोली खटिएको हो ।’

विभागले टोलीसँगै प्रदेशनं. २ का जिल्लाका लागि आवश्यक केही स्वास्थ्य सामग्री पनि टोलीको साथमा पठाएको छ । फिल्डबाट संकलित नमूनाको परीक्षण काठमाडौं टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण हुने गर्छ ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्