थप एक जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४८ पुग्यो : स्वास्थ्य मन्त्रालय



११ वैशाख २०७७, काठमाडौं

भोजपुरमा पनि एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा भोजपुरका २६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्थास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

ती पुरुष गत फागुन ३० मा साउदी अरबबाट नेपाल फर्किएका मन्त्रालयका सह–प्रवक्ता डा. समिर कुमार अधिकारीले जानकारी दिए ।

आजैमात्रै धनुषा र उदयपुरमा थप दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८ पुगेको छ ।

यस्तै संक्रमितमध्ये १० जना भने निको भएर घर फर्किसकेका छन् ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्