
११ वैशाख २०७७, काठमाडौं
थप दुई जना कोभिड १९ (कोरोना भाइरस) संक्रमित डिस्चार्ज भएका स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले जनाएको छ ।
बिहीबार (आज) नियमित कोरोना ब्रिफिङ्गमार्फत् मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा थप दुई जना आज डिस्चार्ज भएका जानकारी दिए ।
पेप्सीकोलाको सनसिटी आपार्टमेन्ट्मा बस्दै आएका उनीहरुको पीसीआरमा पोजिटिभ देखिएपछि अस्पताल भर्ना गरिएका उनीहरु आज डिस्चार्ज भएका हुन् ।
योसँगै नेपालमा स्वास्थ्य लाभ लिनेको संख्या ९ पुगेको छ ।
|तस्वीरमा मन्त्रालयका प्रवक्ता देवकोटा। सौजन्यः नेपाल टेलिभिजन|





