थप दुई जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४७ पुग्यो : स्वास्थ्य मन्त्रालय



११ वैशाख २०७७, काठमाडौं

थप दुई जनामा कोभिड १९ (कोरोना भाइरस) पुष्टि भएको स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले जनाएको छ ।

बिहीबार (आज) नियमित कोरोना ब्रिफिङ्गमार्फत् मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सो कुराको जानकारी गराएका हुन् ।

संक्रमित हुनेहरुमा ५५ वर्षीया महिला र १४ वर्षीय पुरुष रहेका छन् ।

योसँगै नेपालमा कूल संक्रमितको संख्या ४७ पुगेको छ ।

|तस्वीरमा मन्त्रालयका प्रवक्ता देवकोटा। सौजन्यः नेपाल टेलिभिजन|

प्रतिक्रिया दिनुहोस्