उदयपुरमा थप एक जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४३ पुग्यो



१० वैशाख २०७७, काठमाडौं

उदयपुरको भुल्केमा थप एक जनामा कोभिड १९ (कोरोना भाइरस) संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ५५ वर्षीया महिलामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. मोहन सुवेदीले बताए ।

उनका अनुसार संक्रमित महिलालाई विराटनगरको कोरोना अस्पताल पठाउने तयारी भइरहेको छ । यसअघि उनका श्रीमान्लाई पनि संक्रमण देखिएको थियो ।

यी महिलासँगै नेपालका कोरोना संक्रमितहरुको संख्या ४३ पुगेको छ ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्