आरडीटीमा कोरोना ‘पोजेटिभ’ देखिएका कारागार अस्पतालका दुई नर्सको पीसीआर रिपोर्ट नेगेटिभ



१० वैशाख २०७७, काठमाडौं

केन्द्रीय कारागार अस्पतालका दुईजना नर्सको पीसीआर परीक्षणमा कोरोना संक्रमण नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सोमबार अस्पतालमा ४० जनामा र्‍यापिड डायग्नोस्टिक टेस्ट् (आरडीटी) परिक्षण गर्दा दुईजना नर्समा कोरोना पोजेटिभ देखिएको थियो । तर, उनीहरुको आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणको रिपोर्टमा कोरोना संक्रमण नदेखिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलले जानकारी दिए ।

बास्तोलका अनुसार पीसीआर परीक्षण रिपोर्टमा कोरोना नेगेटिभ देखिएपछि उनीहरु दुबै जनालाई अस्पतालबाट डिस्चार्ज गरिएको छ ।उनीहरु दुबै जनालाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोेलेसनमा राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्