प्रदेश १ मा कोरोना परीक्षण तीब्र



०९ बैशाख २०७७, विराटनगर

प्रदेश १ मा ३ हजार सात सय ७५ जनाको कोरोना परीक्षण भएको छ । द्रुत परीक्षण विधि (आरडिटी) बाट मंगलबारसम्म जम्मा ३ हजार ९७ जनाको नमुना परीक्षण गरिएको छ । परीक्षण गरिएकामा ४ सय ३८ महिला र २ हजार ६ सय ५९ जना पुरुष छन् ।

ल्याबमा स्वाब ल्याएर गरिने परीक्षण विधि (पीसीआर) बाट जम्मा ६ सय ७८ जनाको कोरोना परीक्षण गरिएको छ । १ सय ८६ महिला र ४ सय ९२ पुरुषको नमुना परीक्षण भएको हो ।

यता, प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या मंगलबारसम्म कूल ९ सय ८२ जना पुगेको छ । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा २७ जना छन् । होम क्वारेन्टाइनमा जम्मा ४ हजार ४ सय ८१ जना बसिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्