उदयपुरमा एकैदिन थप ९ जनामा कोरोना संक्रमण पुष्टिः संक्रमितको संख्या ४० पुग्यो



०९ वैशाख २०७७, काठमाडौं

उदयपुरमा मंगलबार (आज) एकैदिन थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भुल्केस्थित एक मस्जिदमा रहेका १३ जना कोरोना संक्रमितसँग सम्पर्कमा आएका थप ९ जनामा संक्रमण पुष्टि भएको हो ।

धरानमा गरिएको पुनः परीक्षणमा ८ र टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा एक जनामा कोरोना देखिएको हो । सोमबार विराटनगरको कोसी अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ८ जनामा पोजेटिभ देखिएपछि थप परीक्षण गर्न धरान पठाइएको थियो ।

संक्रमित आठै जना धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा छन् । योसँगै नेपालमा संक्रमित हुनेको संख्या ४० पुगेको छ । जसमा पाँच जना निको भएर घर फर्किएका छन् ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्