उदयपुरका थप ८ जनामा कोरोना संक्रमण : थप परीक्षणका लागि नमूना धरान पठाइयो



०९ वैशाख २०७७, काठमाडौं

उदयपुरका थप ८ जनामा कोभिड १९ (कोरोना भाइरस)को संक्रमण पाइएको छ ।

यसअघिका १३ जनासँग सम्पर्कमा आएका ८ जनामा परीक्षणका क्रममा कोरोना भाइरस संक्रमण पाइएको विराटनगरस्थित कोशी अस्पतालको प्रयोगशाला स्रोतले जनाएको छ ।

संक्रमण पाइएका ८ जनाको थप एक पटक परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । धरानको परीक्षण रिपोर्ट आएपछि मात्र नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ ।

भुल्केको मस्जिदमा यसअघि फेला परेका १३ जना संक्रमितसँगको सम्पर्कमा आएका ८ जनामा कोरोना पोजेटिभ देखिएको प्रदेश एक सरकारका एक मन्त्रीले बताए ।

यसअघि संक्रमित १३ जनाको विराटनगरमा उपचार भइरहेको छ ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्