
०९ वैशाख २०७७, काठमाडौं
काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा खटिएका सुरक्षाकर्मीहरुको टोली हटाइएको छ ।
अपार्टमेन्टमा बस्ने एकै परिवारका दुईजनामा र्यापिड टेस्ट् (आरडीटी)का क्रममा कोरोना भाइरस संक्रमण ‘पोजिटिभ’ देखिएपछि गत १ वैशाखदेखि अपार्टमेन्ट आसपासको क्षेत्र सील गरिएको थियो ।
महानगरीय प्रहरी प्रहरीसर काठमाडौंका प्रहरी प्रवक्ता डीएसपी होविन्द्र बोगटीका अनुसार अपार्टमेन्टबाट प्रहरीको टोली हटाइएसँगै सनसिटी खुलेको छ ।
अपार्टमेन्टको ब्लक एमा बस्ने २५० जनाकै आरडीटी किट परीक्षणको रिपोर्ट ‘नेगेटिभ’ आएकोले सुरक्षाकर्मी हटेको हो ।
|तस्वीरमा सनसिटी। श्रोतः|





