
०९ वैशाख २०७७, काठमाडौं
प्रदेश नं. मा सोमबार (हिजो)सम्म ३ हजार २६८ जनाको कोभिड–१९ परीक्षण गरिएको छ ।
प्रदेश सरकारले द्रुत परीक्षण विधि (आरडीटी) र थ्रोट स्वाब (पीसीआर) विधिबाट उक्त परीक्षण गरेको हो । परीक्षण गरिएकामध्ये आरडिटी विधिबाट २ हजार ६०९ र स्वाब (पीसीआर) बाट ६५९ जना रहेका छन् ।
विराटनगरको कोशी अस्पताल र धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसीआर विधिबाट नमूना परीक्षण गरिन्छ । प्रदेश सरकारले जिल्लाका क्वारेन्टाइनमा बसेकाको आरडिटी विधिबाट स्थलगतरूपमा परीक्षण गरिरहेको मुख्यमन्त्रीको कार्यालयमा रहेको सूचना डेस्कले जनाएको छ ।
प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइनमा बस्नेको सङ्ख्या सोमबारसम्म ८२५ पुगेको छ भने १० घर फकिएका छन् । यस्तै आइसोलेशनमा स्वास्थ्यकर्मीको निगरानीमा आठ महिलासहित ३५ बसिरहेका छन् ।
होम क्वारेन्टाइनमा चार हजार ३४३ जना बसिरहेका छन् ।
|फाइल तस्वीर|





