गहन छलफलमा मधेशी आयोगका अध्यक्ष डा. दत्त



०८ बैशाख २०७७, काठमाडौं

मधेशी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले प्रदेश २ का प्रमुख तिलक परियार र मुख्यमन्त्री लालबाबु राउतसँग प्रदेशको अवस्था बारे गहन र सघन छलफल गरेका छन् ।

समग्र लकडाउन, सीमा नाकामा आवतजावत, राहत, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाहरु (निजी र सरकारी), सुरक्षाकर्मी अन्य पेशाकर्मी, ज्येष्ठ नागरिक, विभिन्न प्रकारका हिंसा, सामाजिक सद्भाव र श्रमिकहरूको अवस्थाको विषयमा डा. दत्तले छलफल गरेका थिए ।

धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला, नेपाल प्रहरीका प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी बलका उपरीक्षक, अनुसन्धान विभागका प्रमुख, जिल्ला समन्वय समिती प्रमुख तथा मानवअधिकारकर्मी मनोज कर्णसँग जिल्लाको समग्र वस्तुस्तिथी बारे विमर्श गरी छलफल टुङ्ग्याईएको उनका स्वकीय सचिव दीपेन्द्र यादवले परिवर्तन खबरलाई बताए ।

प्रतिक्रिया दिनुहोस्