जानकीमा एकद्वार प्रणालीबाट राहत



०८ बैशाख २०७७, काठमाडौं

कैलालीको जानकी गाउँपालिकामा एकद्वार प्रणालीमार्फत राहत वितरण गरिएको छ । गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले हालसम्म वडास्तरबाट आएको तथ्याङ्कका आधारमा ७५ प्रतिशत दैनिक ज्यालादारी गरी गुजारा गर्दै आएका विपन्न परिवारलाई राहत वितरण भइसकेको बताउनुभयो ।

उहाँका अनुसार ५७१ क्विन्टल ६० केजी चामल, २८ क्विन्टल ५८ केजी दाल, २८ क्विन्टल ७८ केजी नून, दुई हजार ८५७ लिटर तेल र पाँच हजार ६७६ साबुन वितरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्