हुम्लामा १० जनाको आरडीटी ‘नेगेटिभ’



०८ वैशाख २०७७, काठमाडौं

हुम्लामा दश जनाको कोरोना भाइरस संक्रमणको परीक्षण नतिजा नेगेटिभ आएको छ ।

भारत र देशका अन्य भागबाट फर्केर हुम्ला आएर सेल्फ क्वारेन्टाईनमा रहेकाहरुको आरडीटी किटबाट परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हो ।

सर्केगार्ड गाउँपालिकाको केन्द्र सर्केगार्डमा दश जनाको आरडिटी किटबाट कोरोना संक्रमणको परीक्षण गर्दा नेगेटिभ आएको गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक सन्तोस धामीले बताए ।।

स्वास्थ्य सेवा कार्यालयबाट किटसहितको ल्याबको टोली गाउँपालिकामा पुगेपछि भाइरस संक्रमणको परीक्षण गरिएको हो । भारत, काठमाडौँ, नेपालगञ्ज र सुर्खेतबाट गाउँपालिकामा आएका अन्य व्यक्तिको पनि परीक्षण हुने धामीले बताए ।

हालसम्म हुम्ला जिल्लामा परीक्षण गरिएका सबै ७८ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्