
०७ बैशाख २०७७, काठमाडौँ
सेती अञ्चल अस्पतालमा कोभिड १९ संक्रमित भएर उपचाररत एक युवक स्वस्थ बनेर डिस्चार्ज हुने भएका छन् ।
कैलालीको लम्की निवासी २१ वर्षीय पुरुषको पिसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि उनी डिस्चार्ज हुन लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । भारतबाट नेपाल फर्किएका उनको कोभिड–१९ परीक्षण गर्दा पोजेटिभ पाइएको थियो ।
योसँगै नेपालमा कोरोना संक्रमण भएर निको भएका बिरामीहरुको संख्या ४ पुगेको छ । यसअघि, काठमाडौँबाट २ जना तथा बाग्लुङबाट एक जना निको भएर घर फर्किसकेका छन् ।





