पैसा छर्ने महिलाको पीसीआर रिपोर्ट ‘नेगेटिभ’



०७ वैशाख २०७७, काठमाडौं

जनकपुरमा पैसा छरेको आरोपमा पक्राउ परेका महिलामा पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

पक्राउ परेका दुई महिलामध्ये एकजनामा र्‍यापिड टेस्ट् (आरडीटी)मा पोजेटिभ देखिएको थियो । आरटी पीसीआर विधिबाट कोरोना नमूना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए ।

गत शुक्रबार जनकपुरधामको महाबीर चोकमा १० रुपैयाँको १५ वटा नोट छरेर यी दुई महिला फरार भएका थिए । उनीहरुलाई शनिबार जनकपुरधाम–७ जानकीनगरबाट नियन्त्रणमा लिई प्रादेशिक अस्पतालमा र्‍यापिड टेस्ट् गराएको थियो ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्