
०७ वैशाख २०७७, काठमाडौं
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालको आईसोलेशनआइसोलेसनमा भर्ना भएका दुई विरामीको उपचारको क्रममा मृत्यु भएको छ ।
राजधानी दैनिकले लेखेअनुसार मृत्यु भएका दुवैजना श्वासप्रश्वास तथा छातीसम्बन्धी समस्याले ग्रसित रहेको अस्पतालले जनाएको छ । स्वास्थ्य कार्यालय बाँकेका फोकलपर्शन नरेश्वर श्रेष्ठले दिएको जानकारी अनुसार शिक्षण अस्पताल नेपालगञ्जको आइसोलेसनको आइसीयूमा उपचारको लागि भर्ना भएका बर्दिया बढैयाताल–३ का ४२ वर्षिय ईस्राईल बेहना र शिक्षण अस्पताल कोहलपुरमा कोहलपुर–५ चपरगौरीकी ३२ वर्षिया शान्ता शर्माको शनिबार बिहान उपचारको क्रममा मृत्यु भएको हो ।
मृतक बेहना बैशाख ३ गते र शर्मा चैत्र ३० गते उपचारको लागि अस्पताल भर्ना भएका थिए । मृतक बेहना रुघाखोकी दमबाट ग्रसित रहेको र शर्मा न्यूमोनियाबाट ग्रसित रहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
दुवैको कुनै पनि ट्राभल हिस्ट्री नभए पनि उनीहरुमा कोरोनाको संक्रमण भए नभएको जाँचको लागि स्वाव झिकेर बुटवल पठाइएको स्वास्थ्य कार्यालय बाँकेका फोकलपर्शन श्रेष्ठले बताए ।
|फाइल तस्वीर|





