
०६ वैशाख २०७७, काठमाडौं
कोभिड १९ (कोरोना भाइरस)संक्रमण परीक्षण गरेका भक्तपुरका ३४१ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
कोरोना संक्रमण फैलिएका देशबाट स्वदेश फर्केकासहित भक्तपुरका ४५७ जनाको कोरोना परीक्षणमा १६ जनाको रिपोर्ट आउन बाँकी रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमले जानकारी दिए ।
भक्तपुर अस्पतालले शुक्रबार एकै दिन विदेशबाट फर्किएका ४९ जनाको कोभिड–१९ परीक्षण गरेकामा सबैको र्यापीड डायग्नोष्टिक टेस्ट् (आरडीटी) परीक्षण गरेकोमा सबैको नतिजा नेगेटिभ आएको छ ।
आठ जनाको स्वाब नमूना संकलन गरी टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएको उनले बताए । डा. गौतमका अननुसार एक जनाको आइसोलेसन वार्डमा उपचार भइरहेको छ ।
अस्पतालले आइसोलेसन वार्डलाई बढाएर २१ श्ययाको व्यवस्था गरेको उनको भनाइ छ ।
|फाइला तस्वीर|





