
०६ वैशाख २०७७, काठमाडौं
उदयपुरमा भेटिएका कोरोना संक्रमित १२ जना कोरोना संक्रमित व्यक्तिसँग भौतिक सम्पर्क गरेकाहरूको खोजी तीव्र पारिएको छ ।
ती संक्रमित बसेको स्थान उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्के क्षेत्र सिल गरी प्रहरीले ‘कन्ट्याक्ट ट्रेसिङ’ सुरु गरेको हो । त्यहाँस्थित मस्जिदमा बसेका १२ जनाको नमुना परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको रपोर्ट बिहीबार सार्वजनिक भएको थियो ।
तीमध्ये ११ जना भारतीय र १ नेपाली छन् । ती व्यक्तिसँग ककसले भौतिक सम्पर्क गरेका थिए भनेर प्रहरीले खोजी तीव्र पारेको उदयपुर जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) वीरबहादुर बुढा मगरले जानकारी दिए ।
संक्रमित १२ जनालाई अहिले प्रदेश १ को विराटनगरस्थित प्रादेशिक अस्पताल राखिएको छ । उनीहरूसँग भौतिक निकटता कायम गरेका ४ जनालाई पनि मोरङको टाँडीस्थित क्वारेन्टिनमा राखिएको प्रहरीले जनाएको छ ।
|फाइल तस्वीर|





