स्वास्थ्य सामग्री खरिदका लागि तीन निजी कम्पनीसँग सम्झौता



०५ वैशाख २०७७, काठमाडौं

सरकारले कोभिड १९ (कोरोना भाइरस)को रोकथाम र उपचारका लागि आवश्यक सामग्री खरिदका लागि तीन निजी कम्पनीसँग सम्झौता गरेको छ ।

स्वास्थ्य सामग्री खरिदको जिम्मा पाइसकेको ओम्नी ग्रुपसँगको सम्झौता रद्द गरेको स्वास्थ्य सेवा विभागले बिहीबार (हिजो) तीन वटा कम्पनीसँग सम्झौता गरेको हो ।

विभागले उपचारमा खटिने स्वास्थ्यकर्मीले लगाउने व्यक्तिगत सुरक्षा सामग्री (पीपीइ), सर्जिकल तथा एन ९५ मास्क लगायतका सुरक्षा सामग्री दुई साताभित्र ल्याउने गरी सम्झौता भएको महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले बताए ।

उनका अनुसार सम्झौता गर्ने कम्पनीहरुमा ओम सर्जिकल, हाम्रो मेडि कन्सर्न र लुम्बिनी हेल्थ केयर रहेका छन् ।

|तस्वीरमा ओम्नीले ल्याएको पहिलो चरणको स्वास्थ्य सामग्री। श्रोतः|

प्रतिक्रिया दिनुहोस्