हुम्लामा ६८ जनामा र्‍यापिड टेस्ट्, सबैको रिपोर्ट ‘नेगेटिभ’



०५ वैशाख २०७७, काठमाडौं

हुम्लामा चार गाउँपालिकाका ६८ जना को द्रुत परीक्षण (र्‍यापिड डायग्नोस्टिक टेस्ट्) गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले जम्मा ६१ पुरुष र सात महिला रहेको जनाउँदै सिमकोट २९, नाम्खामा २५, ताजाकोटमा आठ र अदानचुलीमा छ गरी ६८ जनाको द्रुत परीक्षण बताए ।

यसपछि सदरमुकाम सिमकोटबाट दक्षिणतिर पर्ने ताँजाकोट, सर्केगाड, खार्पुनाथ, अदानचुली र चङ्खेली गाउँपालिकामा जिल्ला बाहिर भारतलगायत अन्य तेस्रो मुलुकबाट आएका र क्वारेन्टाइनमा बसेका व्यक्तिको र्‍यापिड टेस्ट् गरिने जनाइएको छ ।

त्यसका लागि स्वास्थ्य सेवा कार्यालयबाट ल्याब टेक्निसियन बलिराज भण्डारीलगायतको टोली खटिएको छ ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्