धनगढीमा दुई जनामा देखियो कोरोना, पुनः जाँच्न स्वाब काठमाडौं पठाइयो



०४ वैशाख २०७७, काठमाडौं

धनगढीको पीसीआर मेसिनमा परीक्षण गर्दा रूकुम पश्चिमका दुई जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ ।

प्रदेश अस्पताल सुर्खेतका मेडिकल सुपरिटेन्डेन्ट डम्बर खड्काले धनगढीको प्रयोगशालामा उनीहरूको रिपोर्ट पोजेटिभ देखिएपछि फेरि परीक्षण गर्न काठमाडौं पठाइएको बताए ।

“सुर्खेतमा पीसीआर मेसिन नभएकाले आरडिटीमा एन्टिबडी देखिएका केही स्वाब धनगढी पठाएका थियौं । खड्काले भने, ‘तीमध्ये दुई जनाको त्यहाँ पनि पोजेटिभ देखिएको छ ।’

धनगढीमा कोउनीहरू केही दिनअघि भारतबाट आएका थिए । डाक्टर खड्काका अनुसार उनीहरू अहिले होम क्वारेन्टाइनमा बसिरहेका छन् ।

|फाल तस्वीर|

प्रतिक्रिया दिनुहोस्