सुनसरीमा पनि प्रहरीद्वारा चिकित्सक कुटिए



०४ वैशाख २०७७, काठमाडौं

सुनसरीको धरान उपमहानगरपालिका–२० विष्णुपादुका स्वास्थ्य चौकीमा कार्यरत हेल्थ असिस्टेन्ट चन्द्रप्रकाश खनाललाई प्रहरीले कुटपिट गरेको छ ।

पानमारा चौकीका प्रमुख सई भेषबहादुर राउतले पाईपले कुटपिट गरेको खनालले बताउनुभयो । बिरामीको घरैमा नियमित ड्रेसिङ गर्न जाने क्रममा आज (बिहीबार) बिहान कुटपिट भएको उनले बताएका छन् ।

आफू स्वास्थ्यकर्मी भएको जानकारी गराउँदै परिचयपत्र देखाउँदा समेत प्रहरीले लकडाउनको बेला हिँडेको भन्दै कुटपिट गरेको पीडितको भनाइ छ ।

कुटपिट गर्ने प्रहरी राउतले भने आफूबाट त्यस्तो दुव्र्यवहार नभएको दाबी गरेका छन् । उता धरान प्रहरी प्रमुख डिएसपी ढुन्डिराज न्यौपानेले भने आफूले भर्खर मात्र सूचना पाएको र सत्यतथ्य बुझेर कारबाही प्रक्रिया अगाडि बढाइने बताएका छन् ।

यसभन्दा अगाडि हिजो काठमाडौंमा पनि तीनजना चिकित्सक अस्पतालबाट ड्यूटी सकेर फर्किने क्रममा प्रहरीबाटै कुटिएका थिए ।

|तस्वीरमा कुटाइ खाएका डाक्टर। श्रोतः|

 

प्रतिक्रिया दिनुहोस्